यस आ.व.मा कृषि विकास कार्यालय रुकुम पश्‍चिमको खर्च ७ करोड ९८ लाख ।


जिल्ला कृषि विकास कार्यालय रुकुम पश्‍चिमको चालु आर्थिक वर्षमा झण्डै ८ करोड बजेट खर्च भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सात करोड अन्ठानब्वे लाख एघार हजार चार सय एकाउन्न रुपैया खर्च भएको कार्यालयले जनाएको छ ।  

विनियोजित  कुल बजेट रु ९ करोड ७८ लाख  १ हजार भएकोमा चालु खर्च तर्फ ३ करोड ५८ लाख १४ हजार ७ सय २२ रुपैया  र पूँजिगत तर्फ ४ करोड ३९ लाख ९६  हजार ७ सय २९ रुपैँया गरी कुल खर्च  रु ७९८११४५१/- खर्च भएको कार्यालय प्रमुख भरत बस्‍नेतले जानकारी दिए।

उनका अनुसार कार्यालयको प्रशासनिक चालु खर्च तर्फ १ करोड ६८ लाख बिनियोजन भएकोमा १ करोड २७ लाख खर्च भएको छ भने प्रशासनिक पूँजिगत खर्च अन्तर्गत (२ करोड बजेट) बिनियोजन भएकोमा १ करोड ४७ लाख ६५ हजार रुपैया खर्च भएको छ ।

 त्यस्तै  कृषि पूर्वाधार बिकास तर्फ मुसीकोट १० मा संकलन केन्द्र निर्माणमा  १४ लाख ५८ हजार , प्राङ्गारिक कृषि प्रवर्द्धन तर्फ (२० लाख रकम बिनियोजन) भएकोमा १२ लाख ५६ हजार ,साना सिँचाई निर्माण तथा मर्मत संभार तर्फ (३ करोड ८ लाख बजेट बिनियोजन) भएको मा २ करोड ९२ लाख , खर्च भएकाे छ । यस वर्ष लक्ष्य तोकिएका सिँचाई योजनाहरु ४३ वटा मध्ये  ४१ वटा सम्पन्न गरीएको छ  बस्नेतको भनाई छ ।

त्यसैगरी कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम तर्फ (१ करोड ४३ लाख रकम विनियोजन भएकोमा ) १ करोड १४ लाख ६३ हजार, प्रधानमन्त्री कृषि आधुनिकिकरण तर्फ बिनियोजन रकम १० लाख मध्ये ९ लाख ९३ हजार र कृषि बीमा संघ सशर्त अनुदान तर्फ ८ लाख रकम विनियोजन भएकोमा ७ लाख ६५ हजार बित्तिय प्रगती भएको प्रमुख बस्‍नेतले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *