यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट

यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए […]

Continue Reading

स्वदेश फर्किए प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे। प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी भएका थिए। बेइजिङमा उनी र चिनियाँ जनमुक्ति सेना,सीएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको […]

Continue Reading

रिगल प्रकरणकाे अर्काे पाटो : अल्प-सूचनाका आधारमा मुद्दाका समाचार नदिनु

आममाफी पाएका योगराज ढकाल रिगलविरुद्धको रिटमाथि आज सर्वाेच्च अदालतले दिएको आदेशमा अर्काे एउटा महत्वपूर्ण विषय जोडिएर आएको छ। सरकारको निर्णय उल्ट्याउनेदेखि अब यसरी माफी दिँदा पीडितको अनुमति लिनुपर्ने महत्वपूर्ण निर्णयका साथै पत्रकारलाई पनि अनुरोधसहितको आदेश दिएको छ। अल्प-सूचनाका आधारमा विचाराधीन विषय प्रकाशन प्रशारण नगर्न भनेको छ। सर्वाेच्चको संक्षिप्त आदेशमा भनिएको छ, ‘विचाराधीन मुद्दाको विषयवस्तुलाई लिएर […]

Continue Reading

कर्णालीमा कांग्रेसले ‘जागरण अभियान’ सञ्चालन गर्दै

नेपाली कांग्रेसले कर्णालीमा जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार सल्यानको सदरमुकाममा बसेको प्रदेश कमिटीको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रदेश कमिटी सभापति ललितजंग शाहीको सभापतित्वमा ११ औँ नियमित एवं तेस्रो घुम्ती बैठक सल्यान खलङ्गामा बसेको थियो । उक्त बैठकले कर्णालीका कांग्रेसलाई सुदृढ र बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन […]

Continue Reading

अहिले अर्थतन्त्रले बिस्तारै पिकअप गरिराखेको छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका हुन्। उनले अर्थतन्त्र धराशायी भयो भन्ने प्रचार सही नभएको बताए। उनले अब ब्याजदर घट्ने बताए। त्यस्तै जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताए। उनले मानिसहरूमा आत्मविश्वासको कमी भएका कारण […]

Continue Reading

सुर्खेतबाट तिन जना फरार प्रतिवादी र दुई जना लागूऔषध सहित पक्राउ

सुर्खेत प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादी र लागूऔषध कारोबार गर्ने पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ४३ बर्षका सन्तोष कुमार सुनार रहेका छन् । उनलाई गत बुधबार प्रहरीले पक्राउ गरेको हो । उनलाई सुर्खेत जिल्ला अदालतको लगत नम्बर ३०६२ को मिति २०७९।०२।१३ गतेको फैसलाअनुसार २ बर्ष […]

Continue Reading

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताएका हुन्। प्रधानमन्त्रीले भने, “हामीले सरकारको नेतृत्व गर्ने […]

Continue Reading

डिजेल र मट्टीतेलकाे भाउ लिटरमा ४ रुपैयाँले घट्याे

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । निगमले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा चार रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाण्डाै उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर […]

Continue Reading

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आज मङ्गलवार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ । राष्ट्रियसभाको अर्को बैठक पर्सि बिहीवार दिउँसाे १ बजे बस्नेछ ।

Continue Reading

८ वर्षपछि सिँजाको इलाका प्रशासनले पायो अधिकृत

इलाका प्रशासन कार्यालय नराकोट सिँजाले ८ वर्षपछि अधिकृत पाएको छ। गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाएको हो। गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीलाई इलाका प्रशासन कार्यालयमा खटाइएको छ। उनले भने, ‘इलाका प्रशासन कार्यालय सिँजा नराकोट जुम्लाका लागि तत्काल नागरिकतालगायत अत्यावश्यक सेवा प्रवाह सञ्चालन गर्न यही […]

Continue Reading