माओवादी बैठकको निर्णय : प्रदेशको नाममा पहिचानको पक्षमा उभिने

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ। पार्टी निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणका वेला पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको […]

Continue Reading

भरुवा बन्दुक पड्किँदा १ बालिकाको मृत्यु‚ ३ घाइते

सल्यानको कालीमाटी गाउँपालिकामा स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ। बन्दुक पड्किदा छर्रा लागेर तीनजना घाइते भएका छन्। घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किदा छर्राले लागेर कालिमाटी गाउँपालिका-७ स्वायनवासकी ९ वर्षीया पूजा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले […]

Continue Reading

सर्वोच्चले माग्यो रविमाथि मुद्दा नचलाउनुको कारण, अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयसँग राहदानी विवादमा रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गर्नुको कारण मागेको छ। सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले मंगलबार महान्याधिवक्ताको कार्यालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए। पोखरेलको निर्णयबाट लामिछानेले क्लिन चिट पाएका थिए। त्यसविरुद्ध […]

Continue Reading

आन्तरिक हवाई उडानकाे भाडा घट्याे, भाेलिदेखि लागू हुने

आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको ‘फ्युल सरचार्ज’ घटेको हो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डाै–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाण्डाै–सिमरा रुटमा […]

Continue Reading

एमाले-कांग्रेससँगै लिएर जाने दाउमा मुख्यमन्त्री शर्मा, छलफलबाट भाग्दै कांग्रेस

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार निल्नु न औकल्नु झैँ भएको छ। अहिलेको गठबन्धनसँग आवद्ध कांग्रेससँगै अघिल्लो गठबन्धनको दल नेकपा एमालेले विश्वासको मत दिएपछि सरकारको नेतृत्व गरेको माओवादी निल्नु न औँकल्नु झैँ भएको हो। संघीय सरकारसँगै ६ वटा प्रदेशबाट बाहिरिएको एमालेले कर्णालीमा माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि माओवादी झस्किएको छ माओवादी केन्द्रले […]

Continue Reading

गठबन्धनका उम्मेदवार जिताउन पाँच दलको संयुक्त अपिल

सत्ता गठबन्धनमा आबद्ध पाँच प्रमुख घटकले आगामी उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जिताउन संयुक्त अपिल जारी गरेका छन्। प्रधानमन्त्रीसहित रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्। वैशाख […]

Continue Reading

प्रचण्ड सरकारकाे सय दिन : ३७ बुँदे उपलब्धि सार्वजनिक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज सय दिन पुगेको छ । सरकारको सय दिनलाई ‘हनिमुन अवधि’ भनिन्छ र यस अवधिमा गरेका कामले सरकारको आउँदाे यात्राको सङ्केत गर्छ । तर प्रचण्ड नेतृत्वको वर्तमान सरकारको सय दिन भने नयाँ गठबन्धन बनाउने, भत्काउने र पुरानै गठबन्धनमा फर्किने राजनीतिक दाउपेचमै बितेको छ । यद्यपि सरकारले भने […]

Continue Reading

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत विस्तार तीव्र गतिमा

कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत प्रसारण लाइन विस्तारले गति लिएको छ। २०७७ असारदेखि सुरु भएको आयोजनाले ४५ वटा हाइटेन्सन लाइनको टावर निर्माण गरिसकेको छ। हालसम्म आयोजनाले ५० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ। बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भईरहेको आयोजनाले जनाएकोे छ। आयोजना सुरु भएको लामो समयसम्म पनि बर्दिया राष्ट्रिय […]

Continue Reading

फेरि चुनाव जितेर भावी पुस्ताको भविष्य जोगाउँछु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावी पुस्ताको भविष्य सुरक्षित गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। चितवन २ मा उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएसँगै उनले यस्तो बताएका हुन्। सोमबार सभापति लामिछाने समर्थकसहित चितवनको निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। […]

Continue Reading

पातारासी–५ बालविवाह मुक्त घोषणा

जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो बनेको छ। आइतबार कार्यक्रम आयोजना गरी ५ नं. वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ। यसअघि अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले विवाह हुने गरेको छ। बालविवाहले महिलाको स्वाथ्य शिक्षा रोजगारी जस्ता क्षेत्रमा असर पारेको छ। परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा […]

Continue Reading