१३ सदस्यीय टोलीसहित गृहमन्त्री अर्याल सुर्खेत

मंगलबार मध्याह्न बुद्ध एयरको विमानमार्फत १३ सदस्यीय टोलीसहित गृहमन्त्री अर्याल सुर्खेत आइपुगेका हुन् । उनी बुधबार हुने प्रदेशको उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा सहभागी हुनका लागि सुर्खेत आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपेन्द्र मगराठीले बताए । सुर्खेत ओर्लिएलगत्तै गृहमन्त्री अर्याले भेरीगङ्गास्थित राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको अनुगमनमा निस्किएका छन् । मगराठीका […]

Continue Reading

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५ औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रिय सभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ। उक्त बैठकमा […]

Continue Reading

एमाले ११औँ महाधिवेशन: अध्यक्ष पदमामा केपी शर्मा ओली विजयी

 नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ । शनिबार भक्तपुरमा उद्घाटनपछि आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र भएर त्यहीँ निर्वाचन भएको थियो ।  निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने पदाधिकारी र केन्द्रीय सदस्यमा पनि ओली प्यानल हाबी भएको छ । निर्वाचनबाट पदाधिकारीसहित ३०१ जना निर्वाचित भएका छन् । 

Continue Reading

एमाले : चर्चामा रहेका सबै भ्रष्टाचारको छानबिन होस्

नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ। बिहीवार सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावबारे जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरे। दोषी देखिएकाहरुलाई […]

Continue Reading

प्रभाव र दबावमा मुद्दा रोक्ने अवस्थाको अन्त्य गर्‍यौँ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताएका छन्। गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिए। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले भने “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा […]

Continue Reading

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो, सूचीसहति हेर्नुहोस्

नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टितेलको मूल्य भने घटाएको छ। निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको हो भने डिजल र मट्टितेलमा ४ रुपैयाँ घटाइएको छ। समायोजन गरिएको मूल्य आज राति १ बजेबाट लागू हुने छ।

Continue Reading

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णय झिकाउने आदेश

विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउने आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लिरत्न श्रेष्ठको इजलासले २०६९ मंसिर २५ गतेको निर्णय मगाउने आदेश गरेको हो। पतञ्जलि जग्गा अनियमितता प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। अदालतले साक्षीहरूलाई भौतिक उपस्थिति वा श्रव्यदृश्यमार्फत उपस्थित […]

Continue Reading

राजनितीमा कर्णाली आकाशमा उदाउदै मोहनमाया।

नेकपा (एमाले)को जारी ११औं महाधिवेशन काठमाडौंमा जारी छ । नेतृत्व छान्ने महाधिवेशन भएकाले आम नेताकार्यकर्ता र जनताले यो महाधिवेशनलाई चासोपूर्वक हेरेका छन्। निर्वाचन तालिका अनुसार आज उम्मेदवारी दर्ता भएको छ । उम्मेदवार मनोनयनमा कोही दोहोरिन लागि परेका छन् भने कोही नयाँ भित्रन लागिपरेका छन्। यसै मध्येकी एक हुन् १० औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेकी मोहनमाया […]

Continue Reading

नेकपा(एमाले)नयाँ नेतृत्वका लागि केपी ओलीको पक्षका उम्मेदवार नाम फाईनल।

नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको पक्षले नेतृत्वका लागि उम्मेदवारको नाम फाईनल गरेको छ। अध्यक्ष ओलीले उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने टुंगो लागेको छ भने त्यस्तै, ओली पक्षले महासचिवमा शंकर पोखरेललाई दोहोर्‍याउने भएको छ । त्यस्तै उपमहासचिव– रघुवीर महासेठ, भानुभक्त ढकाल, विष्णु रिमाल […]

Continue Reading

एमालेको बन्दसत्र सुरु

नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आइतबार दिउँसो साढे ३ बजेबाट बन्दसत्र सुरु भएको हो। बन्दसत्रमा देशभरबाट आएका २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन्। बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वमा वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि सकेसम्म सर्वसम्मत […]

Continue Reading