जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा अपांग भएकालाई घरमै गएर नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अपांगता भएकालाई घरमै गएर नागरिकता वितरण गरेको छ । प्रशासनले शुक्रबार अपांग भएकी वीरेन्द्रनगर नगरपालिका–४ यरीचोककी २० वर्षीया रोशनी थापालाई घरमै पुगेर नागरिकता दिइएको हो । थापाले घरमै नागरिकता पाएकोमा खुसी व्यक्त गरिन् । अपांग भएकी थापाका अभिभावकले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पाउँ भनेर निवेदन दिएका थिए । निवेदनको आधारमा घरमै […]

Continue Reading

जिप र मोटरसाइकल ठोकिँदा ५ जना घाइते

तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा जिप र मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका छन्। शुक्रबार बिहान सल्यानको कपुरकोटबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ त ३२१ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको रा ८ प १६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका हुन्। घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-९ का ३८ वर्षीय मेघराज योगी, […]

Continue Reading

सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा तनाव

सम्बन्धनको विषयलाई लिएर यतिबेला मध्यपश्चिम विश्वविद्यालयमा विवाद बढ्दै गएको छ । केही समय अघि निजी कलेजलाई समेत सम्बन्धन दिने गरी सूचना प्रकाशित गरेपछि विद्यार्थी संगठन र प्राध्यापक संघ–संगठनहरु विरोधमा उत्रिएका हुन् । उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई निजीकरण गर्न खोजेको भन्दै केही दिन अघिदेखि विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । सोही विषयलाई लिएर उपकुलपति सिंहले मंगलबार […]

Continue Reading

गाई–भैँसीमा ‘लम्पी स्किन’ रोगको प्रकोप, कर्णालीका ७ जिल्ला प्रभावित

यतिबेला गाई–भैँसीमा ‘लम्पी स्किन’ नामक रोगको प्रकोप फैलिरहेको छ । कर्णालीमा पनि दिन प्रतिदिन यो रोगको फैलावट बढिरहेको छ । संक्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन् भने कतिपय ठाउँमा चौपाया मरेको रिपोर्ट प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएको छ । यस अघिसम्म गाई र गोरुमा […]

Continue Reading

कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। मन्त्रिपरिषद्को आजै बसेको बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री राजकुमार शर्माले सिफारिसपत्र बुझाएका थिए।

Continue Reading

कर्णालीका मुख्यमन्त्रीले तेस्रोपटक पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए । मतदानमा सहभागी […]

Continue Reading

कर्णालीका कानुनमन्त्रीले सार्वजनिक गरे सय दिने उपलब्धि

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नयाँ मन्त्री आएपछिका सय दिनबारे समीक्षा गरेको छ । गत माघ ११ मा यो मन्त्रालयको जिम्मेवारी सम्हालेका कृष्णबहादुर जिसीले सय दिनको अवधिमा भएका गतिविधिबारे समीक्षा गरेका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री जिसीले यो अवधिका विपद् व्यवस्थापन, शान्ति सुरक्षा लगायतका विषयमा महत्त्वपूर्ण कार्य भएको दाबी गरे । […]

Continue Reading

वडाध्यक्षद्वारा उपसचिवमाथि मुक्का प्रहार !

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कानुनलाई हातमा लिएर मुक्का प्रहार गरेका छन् । उनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् । अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओमा कार्की केही बोलिरहेको देखिन्छ । तर, वडाध्यक्ष विष्टले भने एक्कासी उनीमाथि मुक्का प्रहार गरेका छन् […]

Continue Reading

गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार

नेकपा (एमाले)बाट प्रदेश गण्डकी प्रदेशसभा सदस्य बनेका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ। गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका वेला नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) प्रमुख दलका रूपमा रहेको गठबन्धन अन्तर्गत गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल काँग्रेस बनेको थियो। काँग्रेसले मुख्यमन्त्री पाउने चर्चा चल्यो, मुख्यमन्त्री […]

Continue Reading

भेरी किनारमा नमुना शहर बनाउँछौँ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २० वर्षपछि भेरी किनारमा नमूनाको आधुनिक निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताएका छन्। शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिकामा भेरीगंगा उपत्यका नमुनाको आधुनिक शहर परियोजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ पुस्तालाई भेरी नदी किनारमा सुन्दर बस्ती बसाएर नासोका रूपमा हस्तान्तरण गर्ने बताए। उनले स्थानीय नागरिकहरूसँग छलफलपछि मन्त्रिपरिषद्ले गुरूयोजनालाई कानुनको रूप दिने […]

Continue Reading