राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा


राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट पुगेका छन्। उनले भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको अवलोकन गरेका छन्। उनले जाजरकोट जिल्ला अस्पतालमा पुगेर भूकम्पमा परी घाइते भएका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिए।

उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन्। यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो। मुलकुमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन्।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *