सुर्खेतकाे बराहतालमा माेटसाईकल दुर्घटनामा एक जनाकाे मृत्यु


पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा वडा नम्बर -५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार पञ्चपुरी नगरपालिकाबाट सुर्खेतकाे वीरेन्द्रनगर तर्फ आउँदै गरेकोे बा ८१ प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका–५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *