४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन सरकारी वकिलको निर्देशन


भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन छिटो बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई दिर्नेशन दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले आइतबार ४ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देश गरेका हुन् ।

‘आज समेत ४ दिनमा फाइल बुझाउन भनेका छौं’ सरकारी वकिल कार्यालयका प्रमुख न्यौपानेले रातोपाटीसँग भने–‘अनुसन्धान प्रतिवेदन आएपछि अभियोजनबारे निर्णय गर्छौं ।’ भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा अहिलेसम्म ४० करोडभन्दा धेरै ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले त्यसबारे अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सरकारका सचिव टेकनारायण पाण्डेसहित १३ जना हिरासतमा छन् । सरकारी वकिलको निर्देशनअनुसार बुधवार कार्यालय समयभित्र प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *