पाल्पामा जीप दुर्घटना, ८ जनाकाे ज्यान गयाे


पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा मङ्गलवार जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ । २० जना चढेको लु १ ज २३७१ नम्बरको जीप सडकबाट खसेको प्रहरीले जनाएकाे छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *