संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउने जिम्मा शीर्ष नेताहरूलाई


सहकारीको पैसा हिनामिनाबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरूले दावी गरेका छन्।

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलले कार्यादेशबारे लगभग टुंगो लगाइसकेको छ। यसलाई शनिबार साँझ बालुवाटारमा बस्ने शीर्ष नेताहरूको बैठकले अन्तिम रूप दिने उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *