नेपालगन्ज । नेपालगन्जको “लुम्बिनी गार्मेन्ट उद्योग”मा आगलागी भएको छ। आगलागीबाट गार्मेन्टसंगै सबै सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार कालिमिया कस्मिराले संचालन गर्दै आएको नेपालगन्ज वडा नम्बर २ को घरवारी टोलमा रहेको लुम्बिनी गार्मेन्ट उद्योगमा आज बिहान ३ बजे भीषण आगलागी भएको हो।
बिहान ३ बजेबाट लागेको आगो दमकल, प्रहरी एवम् स्थानीयको सहयोगमा करिब ४५ मिनेट पश्चात् नियन्त्रणमा आएको बताइएको छ।
आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ। तर वास्तविक क्षति के कति भन्ने कुरा आउन बाँकि रहेको प्रहरीले जनाएको छ।
