त्रिविले सार्वजनिक गर्‍यो मतदाता सूची


त्रिवि, विश्वविद्यालय क्याम्पसले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि हुने मतदाताको सूची सार्वजनिक गरेको छ ।

जसमा ५ हजार ९ सय ६५ जना मतदाता रहेको स्ववियु निर्वाचन समितिका संयोजक प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । यो मतदाता संख्याकाले त्रिविको स्ववियु नयाँ नेतृत्व चयन गर्ने छ । विश्वविद्यालय क्याम्पसमा ३३ वटा केन्द्रीय विभाग, ४ वटा विभाग र ८ वटा विशेष अध्ययनका विद्यार्थीले मतदान गर्ने छन् ।

‘सबै विधा गरेर ४५ वटा विभागका विद्यार्थी सहभागी हुन्छन्,’ विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा अक्कलदेव मिश्रले भने । चुनावका लागि १९ फागुनमा संघ, संगठन र समूहको दर्ता भइसकेको छ । २२ वटाले दर्ता गरेकोमा नेविसंघको बागी समूहले फिर्ता लिएपछि २१ वटा संघ संगठन स्ववियु चुनावमा सहभागी हुने छन् । अब २५ फागुनसम्म मतदाताको दाबी विरोधको समय तोकिएको छ । सोही दिन नै अन्तिम नामवली सार्वजनिक गरिने मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *