कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा आज पनि संसद् बैठकमा अवरोध


कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा विपक्षीहरूले आज पनि संसद् बैठकमा अवरोध गरेका छन् ।

राष्ट्रियसभाको बैठक शुरू हुनासाथ विपक्षीहरूले अवरोध गरे । विपक्षीको अवरोधले आधा घण्टाका लागि स्थगित भएको बैठक फेरि शुरू हुन सकेन । प्रतिनिधिसभाको बैठक भने शुरू नै नभई भोलिसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरे पनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

विपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राखेका छन् । तर प्रधानमन्त्री ओलीले एउटा कर्मचारी हटाएर अर्को नियुक्त गरेको बारेमा संसद्लाई जवाफ नदिने अडान लिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *