पत्रकार हेमन्त चौधरीमाथी आक्रमणको दोषीलाई कारवाही गर्न सर्वत्र माग


नेपालगन्ज : एक समुहको आक्रमणमा परि नेपाल पत्रकार महासंघ, बाँकेका साधारण सदस्य हेमन्त चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

उनको खुट्टा र शरिरका अन्य भागमा चोट लागेको छ । बैजापुरस्थित क्लिनिकमा उपचार पछि उनी घर फर्किएको पारिवारिक श्रोतले जनाएको छ ।

आक्रमणमा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरि कानून बमोजिम कारबाही गर्न पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *