कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर महानगर बस्दैन : बालेन


काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर महानगर नबस्ने बताउनुभएको छ।

राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धन्यवाद दिँदै सामाजिक सञ्जालबाट उहाँले बताउनुभएको छ , ‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्थाले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ।’

बल्खुमा मंगलवार पार्टीले आयोजना गरेको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँ महानगर प्रमुख बालेनलाई जरिवाना नकाट्न चेतावनी दिँदै नेता कार्यकर्तालाई सडक सफा गर्न भन्नुभएको थिए।

त्यसपछि कार्यकर्ताले सडक सफा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *