प्रधानमन्त्री ओलीको भ्रष्टाचारविरोधी भनाइ व्यवहारमा देखिएन : डा शेखर


नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेका टिप्पणी गरेका छन्।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ व्यवहारतः लागू हुन नसकेको टिप्पणी गरे।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति पनि प्रश्न उठाउँदै आयोगले एउटै मुद्दामा केहीलाई कारबाही गर्ने र केहीलाई उन्मुक्ति दिने प्रवृत्तिले दण्डहीनतालाई प्रोत्साहन दिएको टिप्पणी गरे।

भ्रष्टारविरोधी भाषा बोलेर मात्र नहुने भन्दै कोइरालाले निर्मम तरिकाले भ्रष्टाचार अन्त्य गर्न लाग्नुपर्ने बताए।

मुलुकको आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय साख संकटमा पर्दै गएको उनको भनाइ छ। उनले श्रमिकको पारिश्रमिक वृद्धिमा सरकार लगातार असफल भएको आरोप लगाए।

नेपाल आतंकवादमा वित्तीय संलग्नताको आशंकामा रहेको भन्दै युरोपेली संघले नेपाललाई ग्रे लिस्टमा राखिसकेको तथ्यप्रति गम्भीर चिन्ता समेत व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *