गर्नुपर्ने जति राम्रो गर्न सकेनौँ : गगन थापा


नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरूको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे।

उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए। देशमा केही राम्रो भएको तर केही राम्रो गर्न नसकिएको स्वीकार गरे। राम्रो गरेकोमा धन्यवाद दिन र भनेजति गर्न नसकेकोमा प्रश्न गर्न आग्रह गरे। विद्यार्थीलाई अब हाम्रो जिम्मा हो भनेर जिम्मेवारी लिँदै नथाक्न, नभाग्न र नगल्न सुझाव दिए।

महामन्त्री थापाले भने, ‘कसैले यो देशमा खतरा गरेको छ, भनेर नपत्याउनुस्। कसैले यो देश बर्बाद भयो, झुर भयो भने पनि नपत्याउनुस्। दुईवटै रङ। यो देशमा केही राम्रो भएको छ‚ केही राम्रो गर्न सकिएको छैन। राम्रो गरेकोमा धन्यवाद भन्नुस्। गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस्। बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न।’

महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *