राष्ट्रपतिले प्रमाणीकरण गरे बजेटआश्रित विधेयक


राष्ट्रपति रामचन्द्र पौडेलले बजेट आश्रित तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले मंगलबार आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१, भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

नयाँ सरकार बनेसँगै अर्थमन्त्रीकै प्रस्तावमा राष्ट्रिय सभाले संशोधनसहित पारित गरेको सन्देश सोमबार प्रतिनिधिसभामा फिर्ता पठाएको थियो।

सोही विधेयकहरू राष्ट्रपतिले संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *