रास्वपा बर्खाको खहरे जस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल


उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी खहरेको बाढी जस्तै भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताए। एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ, कमिला हिँड्न थाल्छ। रास्वपा पनि अब हराउँदै जाने उनले दाबी गरे। विरोधमा रमाएर राजनीति नगर्न उनले सुझाए।

प्रतिगामी तत्वहरू किनारा लागिसकेका छन्। उनीहरूको नेपालमा भविष्य नरहेको मन्त्री पौडेलले बताए। प्रतिगामी एजेन्डा बोक्ने अब कहिल्यै उठ्ने वाला छैनन्। बेकारमा समय खेर फालिरहेका छन्।

एमाले कांग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको उनले जिकिर गरे। मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य बनाउँछ। अहिलेको सरकार ढल्नेवाला छैन। सरकार ढल्छ भनेर सपना नदेख्न उनले भने। सरकार सहमति अनुसार नै अगाडि बढेको छ। सरकारले मिलेर काम गरेको देखेपछि सरकार ढल्छ भन्नेहरू पनि बोल्न छाडेका मन्त्री पौडेलले बताए।

अस्थिरताको खोजी गर्ने दिन गयो। अब नेकपा माओवादी केन्द्रले मुलुकलाई अस्थिरतामा लैजानबाट रोकिएको उनले बताए।

दृष्टिकोण, एजेन्डा र गन्तव्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको उनले बताए। पाल्पाको विकासमा सरकारले सम्झिएको छ। प्राथमिकताका साथ सरकारले बजेट विनियोजन गरेको मन्त्री पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *