राजनितिक दललाई पाखा लगाएर चुनाव गर्छौ भन्ने मानसिकता त्याग्न मुख्यमन्त्री कँडेलको सरकारलाई सुझाव ।


कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रमुख राजनितिक दललाई पाखा लगाएर निर्वाचनमा हुन्छ भन्ने मानसिकता त्याग्न सरकारलाई सुझाव दिएका छन ।

कर्णाली प्रदेश सुरक्षा गोष्ठिलाई बुधवार सम्बोधन गर्दै कँडेलले यदि फाल्गुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनितिक दललाई बाहिर राखेर चुनाव गर्छौ भन्ने सोच हटाउन गृहमन्त्री आेम प्रकाश अर्याल मार्फत सरकारलाई सुझाव दिएका हुन।

उनले तत्काल सरकार र दलहरू बिच संवादविहिन अन्त्य भए पनी प्रमुख दलहरूको पुर्ण समर्थन सहयोग र सहमतिले मात्र निर्वाचनको वातावरण बन्ने बताउदै सरकारको दम्भ र शंशकित गतिविधिकै कारण निर्वाचनको वातावरण अझै तयार नभएको कँडेलको दावी छ।


मुख्यमन्त्री कडेलले निर्वाचनका सनदभमा भयरहित वातावरण र सुरक्षा प्रमुख विषय रहेको भन्दै भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्थाले भयरहित वातावरण वन्न नसकेकोमा जोड दिए।उनले सुरक्षा अवस्था पहिलेको जस्तो नरहेको र सुरक्षाकर्मीमा समेत मनोबैज्ञानिक त्रास रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सुरक्षाकर्मी त्रसित मनोविज्ञानवाट मुक्त हुनुपर्ने धारणा राखे । उनले भने, ‘यहा व्यक्त नभएपनि सुरक्षाकर्मी साथीहरु एकप्रकारले मनोबैज्ञानिक रुपमा त्रसित हुनुहुन्छ, उहालाई दिइएको हतियार परिआएमा प्रयोग गर्ने वा नगर्ने द्विविधा हुनुहुन्छ यसतो अन्यौल अवस्थामा निर्वाचनको वातावरण कसरी बन्न सकला? मु्ख्यमन्त्री कडेलले निर्वाचनका सन्र्दभमा दलहरुबीचनै सहमति नभएकोले अन्यौल रहेकोले सरकारले दलिय सहमतिलाई प्राथमिकता दिनुपर्ने बताए। उनले निर्वाचनको बुथमा रहने ४ जना प्रहरीको भरमा मतदान केन्द्रको सुरक्षा कसरी हुन्छ भन्दै सबै दलले भागलिने परिस्थिति बन्न सके मात्र निर्वाचन सम्भव हुने वताए।

मुख्यमन्त्री कडेलले प्रमुख दलका शिर्ष नेतालाई स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताउदै यस सम्बन्धमा सरकारले तत्काल निर्णय गर्नुपर्ने धारणा राखे । उनले भने, दलीय व्यवस्थामा दललाई पाखा राखेर निर्वाचनको वातावरण सम्भव छैन, निर्वाचन गराउने हो भने, दलहरुसंग सघन छलफल गर्नुहोस । मुख्यमन्त्री कडेलले प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख दलका शिर्ष नेताहरुसंग गरेको सम्वादलाई सकारात्मक रुपमा लिनुपर्ने र यस्तो संवाद र छलफलले मात्र मुलुकलाई निर्वाचनमा लैजान सकिने वताए ।
जेन्जीका नाममा समाजमा कतिपय आतंक सृजना गरिएको बताउर्दै मुख्यमन्त्री कडेलले कानून उल्लघंन गर्ने जोकोहीलाई पनि दण्डित गर्ने अवस्था नरहे शान्ति सुरक्षा बनावटी मात्र हुने धारणा राखे । उनले भने, ‘भदौ २३ गते युवाहरुले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागप्रति कसैको विमति छैन तर २४ गते भएको विध्वश र आगजनी गर्ने माथि कारवाही नभएसम्म शान्ति सुरक्षाप्रति विश्वस्त हुने अवस्था छैन ।’ मुख्यमन्त्री कडेलले आगजनी र लुटपाटमा संलग्नमाथी सरकारले नै कारवाही नगर्न सुरक्षा निकायमाथी गरेको दवावप्रति असन्तुष्टी जनाए ।
मुख्मन्त्री कडेलले कर्णाली राजमार्गमा बढदो सवारी दुर्घटना, लागु पदार्थको दुर्वयवसन जसता विषयमा यहाका सुरक्षा निकायले कडाईका साथ नियनत्रण गर्नु पर्ने धारणाा राखे। उनले कर्णालीमा सुरक्षाकर्मीहरूको पूर्वाधार र साधन श्रोतको अवस्था दयनिय रहेकोले पनि शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई परेको अप्ठयारो प्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *