मुलुक बंगलादेश नबनोस् : प्रधानमन्त्री कार्की


अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन्।

बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताउँदै अन्तरिम सरकार अचानो जस्तो बनेर काम गरिरहेको पनि उल्लेख गरिन्।

राजनीतिक दल र जेनजीका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको भन्दै उनले दुखेसो पोखिन्।

आफूहरू अहिले धैर्यधारण गरेर सबैकुरा सहेर काम गरिरहेको प्रधानमन्त्री कार्कीले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *