वीरेन्द्रनगरमा एमालेको उत्साहजनक घरदैलो कार्यक्रम ।


सुर्खेत विरेन्द्रनगरमा नेकपा एमालेले मंगलबार विरेन्द्रनगरपालिकाको वडा न ३ र ६ मा घरदैलो अभियान सुरु गरेको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिएसंगै एमालेले मतदाता भेट्घाट तथा घरदैलो अभियानलाई तीव्रता दिएको हो ।


घरदैलो कार्यक्रममा नेकपा एमालेका सचिब यामलाल कंडेल , केन्द्रिय सदस्य मोहन माया ढकाल, पद्मा खड्का, सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कुलमणी देवकोटालगायत नेताकार्यकर्ता तथा शुभेच्छुकहरु उत्साहजनक सहभागीता रहेको थियो ।

उम्मेदवार देवकोटालाई मतदाताहरुले फूलमालाले स्वागत गरेका थिए । घरदैलो अभियानका क्रममा उम्मेदवार देवकोटाले देशको विकास र समृद्धिका लागि एमालेलाई भोट दिन अनुरोध गरेका थिए । उनले जनतासंग गरेको प्रतिबद्धता पूरा गर्न आफु सधै जनताको सेवामा लाग्ने बताए ।
वीरेन्द्रनगर ३ र ६ का विभिन्न टोलमा पुगेर मतदातासँग उत्साहजनक भेट्घाट भएको र एमालेको जित सुनिश्चित रहेको एमाले सुर्खेतका प्रचार बिभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानाकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *