भन्सार छलिको अवैध सामान बरामद


बाँके असोज २० गते । अवैधरुपमा भन्सार छलिको ठूलो सामान प्रहरीले आज नेपालगन्जबाट बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० बाट उक्त सामान बरामद गरेको हो ।

लत्ताकपडा, पास्ता, घडी, पित्तलको भाडालगायतको करिव २ लाख ८९ हजार ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपाने जानकारी दिनुभयो । बरामद गरिएको सामान आजै भन्सार कार्यालय नेपालगन्जको जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *