कर्णाली प्रदेश सभाका नवनियुक्त सचिव डा.खड्काले लिए सपथ।


कर्णाली प्रदेश सभाका नव नियुक्तसचिव डा. अर्जुनकुमार खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् । आज एक कार्यक्रमका वीच कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्गले डा. खड्कालाई पद तथा गोपनियताको सपथ दिलाएकी हुन् ।

डा. खड्काले आजै कर्णाली प्रदेश सभा सचिवको पदभार ग्रहण गरेका छन् । उक्त अवसरमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । नवनियुक्त सचिव डा. खड्कालाई मुख्यमन्त्री यामलाल कँडेलले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नेपाल सरकारका पूर्व सह–सचिव डा. खड्का ओखलढुङगा जिल्लाको सिद्धिचरण नगरपालिका– ९, का स्थायी बासिन्दा हुन् । यसअघि उनले संघीय संसद सचिवालयमा पाँच वर्ष कानुन सह–सचिवको रुपमा काम गर्नुका साथै कानुन तथा न्यायको क्षेत्रमा ४० वर्ष लामो काम गरेको अनुभव डा. खड्का सँग रहेको छ ।

कानुन विषयमै विद्याबारिधी गरेका डा. खड्काले सिङ्गापुरको नेशनल युनिभर्सिटीबाट सार्वजनिक प्रशासन विषयमा स्नातकोत्तर समेत गरेका छन् । नेपालको संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका डा. खड्काले २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्तादिनसम्म प्रदेशसभामै बसेर बैठक सञ्चालनको सहजीकरण समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *