कर्णाली प्रदेशसभाको आठौ अधिवेशन आव्हानका लागि सिफारिस।


कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन आव्हानका लागि सिफारिस गरेको छ ।

आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौं अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको पहिलो बैठक यही वैशाख २८ गते बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी आव्हान का लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।

यसअघि गएको चैत १५ कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन अन्त्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *