एसइई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड ।


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।

नतिजा अनुसार कुल ६५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्।

बोर्डका अनुसार २ लाख ८४ हजार १६० जना ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन्।

यो नतिजा अघिल्लो वर्षको तुलनामा चार प्रतिशत सुधार भएको बोर्डले जनाएको छ।

विभिन्न जिपिए ल्याउने विद्यार्थी संख्या यस प्रकार छ —

१.६ देखि २ जिपिए — ७ जना

२ देखि २.४ जिपिए — ५१९० जना

२.४ देखि २.८ जिपिए — ५५९७७ जना

२.८ देखि ३.२ जिपिए — ९४२२२ जना

३.२ देखि ३.६ जिपिए — ८०३७२ जना

३.६ देखि ४ जिपिए — ८३९२ जना

यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।

त्यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *