अम्बिकेश्वरी संवाददाता

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ एकलैनि बसोबास गर्ने २७ बर्षका सदाव हलुवाई बाँके प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित जिल्ला अदालतले बाँकेको मिति २०७७÷०९÷०१ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएकोमा निज हल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको स्पेशसल टास्क फोर्स टिमले मिति २०७८÷०२÷०८ गते निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालतमा बुझाइएको हो । जिल्ला प्रहरी बाँकेले हल सम्मा ५ सय ८० जना फरार अभियुत्त, पक्राउ गरिसकेको छन भने यो अभियान निरन्तर जारी रहने छ ।
