हौसला र आत्मवलले कोरोना जित्न थप बल पुग्ने


अम्बिकेश्वरी संवाददाता ः


कोरोना संक्रमण पछि मृत्यु संगै कोरोना जित्नेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना संक्रमण पछि कोरोनालाई परास्त गर्नेहरुले आत्मवल र मायाले कोरानालाई परास्त गर्नका लागि थप बल पुग्ने कोरोना जितेर घर फर्किएका हरुले बताउन थालेका छन् ।
पछिल्लो समय कोरोना संक्रमण पछि कोरोना जित्नेहरुको संख्यामा उल्लेख्य भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुदै गर्दा कोरोना संक्रमण पछि घर फर्किएहरुले आत्म बल र आफन्तको मायालाई कोरोनालाई सहज रुपमा जित्न सकिने बताए । बाँके उपमहानगरपालिका वडा नं ४ बस्ने उषा छिलाललाई कोरोना संक्रमणको सुरुवाती दिनमा निकै गाह्रो भयो । कोरोना पोजेटिभको रिपोर्ट आएपछि छिलाललाई मुटुको धडकन बढे संगै श्वास फेर्ने समेत समस्या भयो । तर केही दिनको नेपालगंज उपमहानगरपालिका ४ ले संचालन गरेको आइसोलेसन सेन्टरमा भर्ना भए पछि डाक्टरको सल्लाह तथा जनप्रतिनिधिहरुको उपस्थिति र घरायसी मायाले कोरोनालाई जित्न सकेको अनुभव सुनाउनु हुन्छ ।
यसैगरी पेशाले गाडि चालक बताउनु हुने मनोज बुढा काठमाडौबाट गाडी चलाएर आउँदा शरीर दुखेको र पिसिआर चेक गराउँदा पोजेटिभ देखियो तर उहाँले आफु आत्मवल बलियो बनाउँदा निको हुनु भएको बताए । खान मन नलागे पनि खाने कुरामा जोड दिनु पर्ने उहाँको सुझाव रहेको छ ।
यसरी कोरोना विरामीहरुको उपचार गर्दै आएका स्वास्थ्य कर्मीहरु पनि कोरोनाको मेडिकल उपचार केही भएता पनि मनोवैज्ञानिक रुपमा कोरोनालाई जित्न सक्छु भन्ने मानिसिकता विरामीमा सुरुमा विकास गरीदिनु पर्ने बताएका छन् ।
बाँकेमा अहिले सम्मको तथ्याङ्गलाई हेर्दा दुई सय बढिको मृत्यु भैसकेको छ तर कोरोना संक्रमणबाट उपचार पछि घर फर्किनु भएकाको अनुभव सुन्दा मेडिकल उपचार भन्दा पनि बिरामीमा हौसला र आत्मबलले रोगलाई जित्न सहयोग गर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *