अगामी तिन दिन यी क्षेत्रमा सर्तक रहना अग्रह


नेपालगन्ज : बाढी पुर्बानुमान महाशाखाले अगामि तीन दिनमा भारी बर्षाको सम्भावना रहेको भन्दै पुर्व सर्तकता अपनाउन सुझाएको छ । महाशाखाले मंगलबार बिहान ७ वजे बुलेटिन सार्वजनिक गर्दै पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको बुलेटीन अनुसार मंगलबार बिहान बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।अझै पनि बर्षा भइरहेकाले मंगलबार रातिसम्मै त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर २ को थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *