‘भेरोसेल’को आठ लाख डोज काठमाडौं आइपुग्यो


काठमाडौं:  चीनसँग खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को आठ लाख डोज काठमाडौं आइपुगेको छ ।नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट आठ लाख डोज खोप आज बिहान काठमाडौं ल्याएको हो ।  नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीद गरेको हो । त्यसमध्ये पहिलो खेपमा निगमको जहाजले आठ लाख डोज खोप ल्याएको हो । फेरि दोस्रो खेपका लागि असार ३१ गते निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ। त्यस्तै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *