अम्बिकेश्वरी संवाददाता बढैयाताल गाँउपालिका द्वारा ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ तिरण भइरहेको छ । गाँउपालिकाको वडा नं. १,२,३,५,७,८ र ९ मा जेठ ९ गते दोस्रो पटक क्रमश वितरण गरिएको हो ।

पालिकाले लकडाउनको कारणले सुचना निकालेको दोस्रो पटक म्याद थप गरि धानको बिउ वितरण शुरु गरेको हो । गाँउपालिकाले हरेक वडाहरुमा फारम उपलब्ध गराई धानको नाम र आवश्यक परिणम खुलाई फारम भर्ना अव्ह्वान गरेको थियो । उन्नत जातको धानमा सावित्री,बहुगुणी–२ र साँवा मन्सुरी उपलब्ध गराएको हो । प्रति कृषकहरुमा ३५ किलोग्राम उपलब्ध गराएको छ । र कृषकहरुलाई समयमै धानको बिउ लिनको लागि अग्राह पनि गरेको छ ।
