लकडाउन थप गर्न काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै


निषेधाज्ञाको समीक्षा गरी थप निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच आज छलफल हुँदैछ ।

Open Photo
काठमाण्डौ भ्याली

तीन जिल्लामा यसअघि जारी निषेधाज्ञाको समीक्षा हुने र थप निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा एक हप्ता थप्ने तयारी छ । नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । यसअघि थपिएको निषेधाज्ञा पर्सि मध्यरातमा सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *