कोरोना महामारी नियान्त्रणका लागि प्रभावकारी ढंगले काग गर्न सिसिएमसिलाई प्रधानमन्त्रिको निर्देशन


काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिनुभएको छ ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने गरि काम गर्न निर्देशन दिनुभएको हो । उहाँले कोभिड १९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पुर्ण प्रक्रियागत जटिलताहरुको समाधान गरेको भन्दै  कोभिड १९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *