नेपालगन्ज भन्सारको कम्पाउण्ड भित्र भारतीय टेलर गाडीले आउट पास लिने क्रममा राम बहादुर चौधरीको बाँया हात र बाँया खुट्टा काम नलाग्ने गरी कुल्चिदिएको छ ।

चौधरीलाई कुल्चिएको टेलर गाडीका चालक फरार रहेका छन् ।
भारतीय गाडी नं. एन.एल ०१ ए.ए.२३९७ पार्किगं गरी आउट पास लिने बेला कुल्चिएको हो ।
चौधरीलाई तत्कालका लागि नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जमुनहाले जानकारी गराएको छ ।
प्रहरीमा अनुसार चौधरीको अफान्ता सम्पर्कमा नआएको र के काम गर्थे तथ्य स्रोत खेलेको छैन ।
