भेरी अस्पतालमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रबेशमा रोक


नेपालगन्ज ३० जेठ

No photo description available.

भेरी अस्पताल नेपालगन्जमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रबेशमा रोक लगाइएको छ । कोरोना संक्रमणको हटस्पट मानिएको बाँकेमा कोरोनाको संक्रमणदर घटेपछिको अवस्था बारे बुझन जाँदा पत्रकारलाई प्रबेशमा रोक लगाईएको हो । कोरोनाको हटस्पट मानिएको बाँकेमा केही दिन अगाडी कोरोना संक्रमित तिब्र बढेको बाँकेमा संक्रमित दर र अस्पताल आइसुलेशनका बेड रित्तिदै गएको हुनाले बुझ्न जाँदा ड्युटिमा रहेका प्रहरी र गार्डले पत्रकारलाई प्रबेशमा रोक लगाएका हुन् । पत्रकार आएर अनावश्यक भिडियो खिच्ने भन्दै प्रबेशमा रोक लगाइएको ड्युटिमा खटिएका प्रहरीले भन्नुभयो । अस्पतालको बारेमा समाचार संकलनका लागि अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई जानकारी र अनुमति लिँदा पनि ड्युटिमा खटिएका प्रहरी र अस्पतालका गार्डले प्रबेशमा रोक लगाएका थिए । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुमन आर्यालसंग पनि मौखिक ३ पटक अनुमति लिएर जाँदा पनि अस्पताल प्रशासनको पास चाहिन्छ भन्दै ४-५ पटक प्रबेशमा रोक लगाइएको हो ।

Seen by Bhagat Ram at 2:11 AM

न्युज २४ टिभीका बाँके समाचारदाता भगतराम थारु र सगरमाथा गन्तव्य दैनिक, सगरमाथा गन्तव्य डटकमका क्यामरा पर्सन रोहित गोडियालाई बारम्बार सोधपुछ गरेर जाँदा पनि गेटमा रोक लगाउँदा अनावश्यक दुख दिएको पत्रकार थारुले जानकारी गराउनुभयो । यस विषयमा प्रमुख जिल्ला अधिकारीसंग जानकारी गराउँदा भेरी अस्पतालका मेसुलाई जानकारी गराएर जाँदा उपयुक्त हुन्छ भन्ने किसिमको जानकारी आएसंगै मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश थापा बाहिर गएको खबर र उहाँको फोन रिसिभ नभएपछि अस्पताल प्रशासन फाँटमा गएर जानकारी गराउँदा जानुस भन्दिएको छु कसैले केही भन्दैन भन्दा पनि पुनः जाँदा रोक लगाउने र अनावश्यक दुख दिएको प्रति चिन्ता लागेको पत्रकार थारुले भन्नुभयो । ड्युटिमा रहेका गार्ड, प्रहरी र अस्पतालका कर्मचारीले एक अर्कालाई देखाउने प्रबृत्तिले आफु एकदमै दुख पाएको उहाँले जानकारी गराउनुभयो । आफ्नै अगाडी फोन गरेर जान दिनुभन्दा पनि रोक लगाउनु दुख दिने नियत रहेको स्पष्ट बुझिने गरेको पत्रकार थारुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *