जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका १० ट्राफिक चोक बाट भन्सार छली अबैध रुपमा भित्र्याएको समान पक्राउ गरेकाे छ ।

मंगलबार बिहान ११:०० बजेको समयमा ट्राफिक चोक स्थित जिल्ला बझाङ बुङ्गल न.पा. ३ बस्ने बर्ष ३४ को जसमन धामिले चलाई ल्याएको पेट्रोलियम टेम्पो रोकी चेकजाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको ७० थान पंखा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक श्याम कृष्ण अधिकारी ज्युले बताउनु भयो।
उक्त पक्राउ गरेको पंखा अन्दाजी मुल्य ८०,०००।–(असि हजार) बराबरको रहेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले निजलाई अटो सहित आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय बाँके पठाईएको उपरीक्षक अधिकारी ले जनाउनु भयो ।

