दुबै आखाले देख्न नसक्ने फुलकुमारी झुप्री
फुलकुमारी थारु जन्म जातले दृष्टि विहिन छिन । उनी अहिले ४० बर्षको उमेर पार गरी सकेकी छिन् । उनका एउटा छोरी र दुई छोरा छन् । पहिला छोरी हात समातेर घर घर भिख मागेर गुरा गराई रहेकी तर केही समय पहिला छोरी आफै बिवाह गरेर गए पछि उनका कन्छो छोरा राज कुमार थारु जे उमेरले १० बर्षका छन् उनी आफ्नो आमाको हात समाएर मानिसहरुको घर घरमा गएर भिख मागेर दैनिक गुजारा गरी रहेका छन् । उनी बढैयाताल गाँउपालिका ४ मा पर्ने मानखोला नगरमा बसोबास गरि रहेका छिन् । उनको घरमा पानीको धारा समेत छैन ।
फुलकुमारी २५ बर्षको हुदाँ उनको श्रीमान लग भग ५० बर्ष उमेरका थिए । तर समय बित्दै गए पछि उनका श्रीमानको ७० बर्षको उमेरमा करिब ५ बर्ष पहिला मृत्यू भयो । श्रीमानको मृत्यू, फुलकुमारीले दुबै आँखाले देख्न नसक्ने र दुबै छोरा सानो भएको कारणले अनैतिक भएका मानिसहरु राती घरमा आएर जबरजसती गर्न लागे । उनी हार गुहार गरेपनि उनको गुहार सुनिदिने कोही थिएन । उनको सानोे झुपरीको घर भएकोर झुरीमा धोका समेत नभएपछि मानिसहरुले फाईदा उठाउन सफल भए ।

यस्तै दुःखको जिवन बिताइ रहाँदा बदैयाताल गाँउपालिका वडा नं. ४ को अध्यक्षको पहलमा उनको घर निमार्ण हुन थालेको छ । शहरी विकास मन्त्रलयको बजेटमा हरेक बर्ष हरेक वडामा २ घर निमार्ण गर्ने बजेत निस्कासन हुने गर्छ तर त्यसमा शहरी विकासको ५० प्रतिशत बजेट र जसको घर निमार्ण हुन्छ उनले ५० प्रतिशत व्योहोरे पछि घर बनाई दिने गर्छ । तर फुलकुमारीको दैनिक छाक तार्न धौ धौ ५ घरका एक एक जना मानिसहरु सहयोगका लागि काम गर्न जाने गरेको ४ नं वडाका अध्यक्ष कर्ण बहादुर थापाले बताउनु भयो । र दैनिक जोहो गर्नका लागि बेला बखत संघ सस्थाहरुले चामल र अन्य खद्यान्न सहयोग गरेको र कहीबाट सहयोग नआएपछि वडा कार्यालयबाट सहयोग गरेको अध्यक्ष थापाले बताए ।

फुलकुमारीको घर बनाउनका लागि करिब १५ दिन निरन्तर लागे पछि घर निमार्ण शुरु भएको स्थानीय फत्ते सिंह थारुले बताउनु भयो । ईट्टा, बालुवा, ढुंगा गाँयपालिकामा ठेक्का लिएका निर्माण व्यवासयी सँग सहयोगमा दिएका छन् र मानखोला नजिक भएको कारणले गाँउलेहरु मिलेर श्रमदान गरी ल्याई दिइको थारुले बताए ।
शहरी विकासले अफै ४० प्रतिशत लगानी लगाए मात्र घर बनाइ दिने गरेको छ । र गाँउपालिकाले पनि नबनाउने निर्णय गरेको थियो तर गाँउपालिका अध्यक्षको पहल र गाँउलेहरुको सहयोगमा घर निर्माण हुन शुरु भएको । निर्माण गर्न सहयोग गरेका मानिसहरुले कोही संघ सस्था भए सहयोग गरि दिए फुलकुमारीको घर निर्माण गर्न सजिलो भएको समेत गरेका छन् । घर निर्माणमा ४ लाख ३ हजार ७ सय ७० रुपैँयाको लागत अनुमान रहेको छ ।

