एमाले स्थायी कमिटिको बैठक १८ गते मंगलवार हुने


काठमाडौं:   सोमबार बिहान ११ बजे बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने भनिएको थियो, यो बैठक पनि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिवले जानकारी दिनुभयो । आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः भोली जेठ १८ गते बिहान ११ बजे सरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *