संवैधानिक प्रबन्ध अनुरूप नै बजेट ल्याइएको : अर्थमन्त्री विष्णु पौडेल


फाइल फोटो

काठमाडौंः  अर्थमन्त्री विष्णु पौडेलले संवैधानिक प्रबन्ध अनुरूप नै बजेट ल्याइएको बताउनुभएको छ । आगामी आर्थिक बर्ष २०७८ ÷७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आईतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कतिपयले वर्तमन सरकारलाई पुर्ण बजेट ल्याउने अधिकार नएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उहाँले संविधानले गरेको प्रबन्ध अनुसार नै बजेट ल्याएको बताउनुभएको छ । उहाँले भन्नुभयो “संबैधानिक प्रवन्ध भयो भएन भनेर दुविधा राख्नुपर्ने अवस्था छैन । यो सबैधानिक प्रबन्ध अनुरुप नै आएको छ । मुलुकको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुदैनथ्यो । त्यसैले पनि सरकारले बजेट ल्याउनुपथ्र्यो । अर्को विकल्प थिएन । यस्तो अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त हुन सक्तैन ।” उहाँले दक्षिण एशियामा खोप प्रयोग गर्ने दोश्रो मुलुक भएजसरी नै प्रत्येक नागरिकलाई खोप दिलाउने सन्र्दभमा पनि तुलनात्मक रुपमा नेपाल अग्रपक्तिमा उभिने विश्वास दिलाउनुभयो । बजेटमा नागरिकको जीवनरक्षाका लागि सम्पुर्ण स्रोत साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिवद्धताका साथ सरकार प्रस्तुत भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहल कदमी लिएर खोपसेवा उपलब्ध गराउने काममा केन्द्रीत भएर लाग्ने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि सार्वजनिक गरिएको योजना तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको जीवनरक्षामा केन्द्रीत हुने विश्वास दिलाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *