नयाँ बजेट बारे बाँकेका एमाले जनप्रतिनिधिद्धारा पार्टीमा ब्रिफिङ


नेपालगन्ज । बाँकेका स्थानीय सरकारमा प्रतिनिधित्व गरेका नेकपा एमालेका नेताहरुले नयाँ आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट बारे पार्टीमा ब्रिफिङ गरेका छन् । स्व. मदन भण्डारीको ६९ औ जयन्तीमा अवसर पारेर सोमबार पार्टी कार्यालयमा बिफ्रिङ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कृषि, उद्योग, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा पारेर नीति तथा कार्यक्रम ल्याएको बताए । त्यस्तै, घण्टाघर निमार्ण, हाईमास्क जडान, जडिबुटी र पर्यावरणका लागि बजेट ल्याएको उनले जनाए । नीति तथा कार्यक्रमले कोहलपुरको विकासमा ठूलो सहयोग गर्ने उनको तर्क छ ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमा कक्षपतिले नीति तथा कार्यक्रममा बिश्व बिद्यालयको अवधारणा ल्याएको जनाए । त्यस्तै, खेलकुदको विकाससंगै कृषि क्रान्तिमा जोड दिएको उनले बताए । खजुरालाई शैक्षिक हवका रुपमा स्थापित गर्न लागेको प्रमुख कक्षपतिको भनाई थियो । बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचालले सामाजिक विकासमा यो वर्ष बढी जोड दिएको बताए । उनले भौतिक विकाससंगै मानवीय संशाधनको विकास हुुनु पर्ने जोड दिए । जानकी गाउँपालिकाका उपप्रमुख भुमिसरा धितालले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर बजेट ल्याएको बताईन । उनले सडक निमार्णदेखि कालोपत्रे गर्नेसम्मको नीति ल्याएको जनाईन ।
छलफल कार्यक्रममा प्रदेश मन्त्री आरती पौडेल, केन्द्रीय सदस्य लगायत नेताहरुको सहभागिता थियो । बाँकेमा एमाले खजुरा, कोहलपुर, जानकी र बैजनाथमा जितको छ । राप्ती सोनारी र डुडुवा गाउँपालिकामा कांग्रेसका जनप्रतिनिधि छन् । नेपालगन्ज उपमहानगरको प्रमुखमा राप्रपाका नेता डा. धवलशम्सेर राणा प्रमुख, कांग्रेसका तर्फबाट उमा थापा मगर उपप्रमुख र नरैनापुरमा जनता समाजबादीका जनप्रतिनिधि विजय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *