कोभिडले रोकेन बिकास निर्माणको काम


Open Photo

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले विकास निर्माणलाई प्राथमिकता दिनुभएको छ । कोभिड संक्रमणमा कमी आएपछि पछिल्लो समय विकास निर्माणका कार्यले तिव्रता पाएका छन् । वडामा हाल एउटा कालोपत्रे सहित चारवटा सडक पिसिसी भएको छ । यसैगरी थप एकदर्जन बढि सडकको स्तरउन्नती गरिएको वडाध्यक्ष रिजालले बताउनुभयो । विभिन्न स्थानमा नाली पनि निर्माण भईरहेको छ । हाइमाष्ट लाईट जडान तथा जीर्ण अवस्थामा रहेको गोकुलेश्वर महादेव मन्दिरको निर्माण कार्य पनि चलिरहेको छ ।

वडा अध्यक्ष रिजालले चालु आवका अधिकाँश योजना सम्पन्न हुने अवस्थामा पुगेको जानकारी दिनुभयो । चारवर्षको अवधीमा सडक निर्माण लगायत विकास निर्माणका योजनालाई वडा कार्यालयले प्राथमिकता दिएको छ, वडा अध्यक्ष रिजालले भन्नुभयो, बाँकी रहेका काम आगामी आवको योजनामा समट्ने योजना बनाएका छौं । वडा अध्यक्ष रिजालले वडाबासीको माग अनुसार विकास निर्माणका काम अघि बढाउन आफुहरुले प्रयास गरिरहेको बताउनुभयो । रिजालको कार्यकालमा वाटरपार्कको मुहार फेरिएको छ । वाटरपार्क वडा नम्बर १ र वडा नम्बर १८ मा पर्छ । यसैगरी धम्बोझीमा मिनी रंगशालाको निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *