प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने:प्रदीपकुमार ज्ञवाली


 

नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुमाझ बोल्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘नेकपा(एमाले) को संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ति साथिहरु चाहीँ पार्टी भित्र रहनुहुन्न । यो चाहीँ प्रष्ट नै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *