बाँकेमा जेठ ३१ गतेसम्म लम्बियो ‘निषेधाज्ञा’


No description available.

बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो ।

बिभिन्न चरणमा जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा निषेधाज्ञा अबधि थप गर्दै आएको छ । निषेधाज्ञा अवधि लम्बाएर आउँदो जेठ ३१ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।

लकडाउनको अवधिभर दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय भने बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *