असुरक्ष बढेसगैँ राउते बस्ती सिल


Conservation of Raute Culture through Livelihood Improvement
फाइल फोटो

सुर्खेत : फिरन्ते जाति अथवा जंगलमा बसोबास गर्ने राउटे समुदायको बस्ती सिल गरिएको छ । असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्ती सिल गरेको हो ।

‘बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएका छौँ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले भने, ‘घटना राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको हो । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका ११ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो । बस्तीमा अन्य समुदायका नागरिकले घटना अन्त पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल गर्नुपरेको प्रहरीले जनाएको छ ।

The Raute - Home | Facebook

घटनाको जानकारी पाएको खण्डमा पीडित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको बताइएको छ । यही कारण आज सोमबार बिहानदेखि राउटे बस्ती कसैलाई प्रवेश गर्न नदिने प्रहरी खटिएको हो ।

आइतबार मात्रै राउटे मुखिया सूर्यनारायण शाहीले सुरक्षा माग गरेका थिए । उनले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए । हिजोआज भाइरल हुने उद्देश्यले युट्युब, टिकटक फेसबुकलगायतका सामाजिक सञ्चालमा राउटेसँग तस्बिर र भिडियो लिनेहरुको भीडसमेत लाग्ने गरेको छ ।

सुर्खेतका युवाले राउटे समुदायका लागि सहयोगको अपिल गर्दै अभियान चलाएका छन् । कर्णाली सरकारले राउटे बस्ती पूर्ण रुपमा सिल गरेका कारण उनीहरु खाद्यान्न जोहो गर्न बाहिर निस्कन नपाउने भएकाले सहयोग संकलन अभियान चलाइएको सुर्खेतका रमेशविक्रम हमालले बताए ।

‘बस्ती सिल भएका कारण उनीहरु शिकार खेल्न पनि जान पाउने अवस्था छैन । आफूले बनाएको काठको सामान बेच्न हिँड्ने काम पनि बन्द भएको छ । पर्याप्त खाद्यान्न पुर्याउन सके उनीहरु पनि आफ्नो समुदायबाट बाहिर निस्कनु पर्ने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *