चुरे क्षेत्रबाट एक डोको माटो पनि नउठाउँने


फोटो एजेन्सीबाट

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले चुरे क्षेत्रबाट एक डोको माटो पनि नउठाउँने बताउनुभएको छ । अर्थमन्त्री पौडेलले सरकार चुरेको संरक्षणमा प्रतिवद्ध रहेको बताउँदै चुरे क्षेत्रमा कुनैपनि प्रकारका उत्खनन् नहुने बताउनुभएको हो । त्यस क्षेत्रको एक डोको माटो पनि नझिकिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – चुरे संरक्षण नेपाल र नेपालीको सुन्दर भविष्यका निम्ति चुरेको संरक्षण सर्वाधिक महत्वपूर्ण विषय हो । चुरे क्षेत्रमा हामिले कुनैपनि प्रकारले उत्खनन्का कामहरु नगर्ने, माटो, ढुंगा, गिट्टी, बालुवा, कुनैपनि चिजहरु उत्खनन् नगर्ने, चुरे क्षेत्रको सम्पूर्ण रुपमा संरक्षण गर्ने दृष्टिकोण अघि सारिएको छ । चुरे, शिवालिक, भावर क्षेत्रबाट, नदी क्षेत्रबाट हामी एक डोको माटो वा एक डोको गिट्टी वा बालुवा पनि हामी उठाउँदैनौँ । तर बाँकेको राप्ती सोनारी गाँउपालिकाकै रोहबरमा राप्ती नदि दिन दहादै दोहान भैरहेको छ । एक तिर गाँउ बस्ती मै क्रसर उद्योग सञ्चान गरिएर गाँउबस्तीलाई सस्ती पुगेको छ । नेपालगन्ज देखि कम्दी हुन्दै राप्ती नदिन पार गर्ने हो भने रातदिन ट्रीपर हिड्ने भएकोले बैशाख महिनामा पनि बाटोमा हिलो भएर मोटर साइकल चलाउनद समेत धौ धौ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *