
काठमाडौंः नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आफुले दह्रोगरी आवाज उठाउने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझैपनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज उठाउने बताउनुभयो । उहाँले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गर्नुभयो ।
