सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत : महन्थ ठाकुर


फाईल फाेटाे

काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत भएको बताउनुभएको छ । उहाँले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताउनुभएको छ ।  नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्दमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि  जनता समाजवादी पार्टीका नेता रुष्ट बनेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताउनुभयो । उहाँले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताउनुभयो । नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताउनुभयो । उहाँले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *