बाँके, ३० जेठ

बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेकाछन् । उत्पादन देखेर गाँउका किसानहरुपनि अकार्षित भएका छन् ।

पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिनिने गरेका छन् । बर्दिका किसा गत १ दशक देखि नै चैते धान तर्फ अकार्षित भएका छन् भने बाँकेका किसानहरुले यो बर्ष परिक्षणका रुपमा चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको अयोजनाले नहरको पानी नालामा ल्यान सफल भएपछि नालामा बारै महिना पानी जमेको देखेर किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले किसानहरुलाई मल, धानको बिउ उपलब्ध गराई दिएपछि चैते धान फलाउन सफल भएको बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले बताउनु भयो । उनी यो बर्ष ९ कट्ठा जमिनमा लगाएका छन भने अर्को बर्ष थप जमिनमा धान रोप्ने सोच बनाइ सकेको पनि बताउनु भयो ।

त्यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञान बहादुर नेपालले पनि ११ कट्ेठा जमिनमा चौले धान फलाउन सफल भएका छन् । उनको असार पहिलो सातासम्म धान भित्राएर फेरि बर्षे धान लगाउने तयारी छ । परीक्षणको रुपमा हल्दीनाथ– ३ र चैेते धान– ५ नामक धानको खेती गर्नुभएको छ । लामो समयदेकि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाई हुने भन्दै चैते धानको खेती गर्नुभएको हो । एकवर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिउदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपाल बतानु भयो । घर नजिकैको किरण नालामा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालले बताउनु भयो । उनले धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको बताउनु भयो ।

कृषि ज्ञान केन्द्र बाँकेले अजित सुनारलाई प्रोत्सहन गरियो बर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो । धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निशुल्क प्रमर्स र मल बिउ समेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताउनु भयो । अर्को बर्ष थप किसानहरुलाई चैते धान रोपाईको कार्यक्रम ल्याने बताउनु भयो ।
अत्याधिक गर्मि हुने ठाँउमा चैते धान फलाएको देखाएर उत्पादनमा हौसला ल्याएका छन् । बाँकेमा पहिला चैत महिनामा गाँहु मकै र तरकारीको खेती गरिरहेको बेला चैते धान उतपादन गरेर किसानहरुलाई थप प्रोत्सहित भएका छन् । अगामि बर्षमा किसानहरुलाई ज्ञान केन्द्रले चैते धान खेती गर्न चहाने किसानहरुलाई निशुल्क मल र धानको बिउ उपलब्ध गराए चैते धान लगाउने किसानहरु बृद्धि हुने देखिन्छ ।
