घट्दै छ माटोको उर्वराशक्ति, तराईमा क्षारीय पहाडमा अम्लीयपना बढी


Open Photo

उत्पादन बढाउन रासायनिक मल र विषदीको अनियन्त्रित प्रयोगले रूपन्देहीका खेतीयोग्य जमिनको उर्वराशक्ति घट्दै गएको छ । कम लगानीमा बढी प्रतिफल खोज्न रासायनिक मल र विषदीको अनियन्त्रित प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको छ ।

मल तथा माटो परीक्षण प्रयोगशालाका अनुसार तराईका जिल्लाहरूमा मोटोमा क्षारीय र पहाडको माटोमा अम्लीयपना बढ्दै गएको छ । जसका कारण माटोको उर्वराशक्ति घट्दै गएको छ । प्रयोगशालाले गरेको माटो परीक्षणका क्रममा क्षारीय, अम्लीयपनासहित माटोमा नाइट्रोजन, प्रङ्गारिक पदार्थ र फस्फोरसको मात्रा पनि कम देखिएको छ । त्यस्तै मोटोमा पोटासको मात्रा पनि कम भेटिएको छ ।

मल तथा माटो परीक्षण प्रयोगशाला खजुराका कार्यालय प्रमुख अमरराज शर्मा घिमिरेले तराईका जिल्लामा क्षारीय र पहाडका जिल्लाहरूमा माटोमा अम्लीयपना अत्याधिक रहेको बताए ।

माटोमा क्षारीय र अम्लीयपना बढी भएमा उत्पादन कम हुँदै जान्छ । माटोमा क्षारीय र अम्लीयपना तटस्थ हुनुपर्नेमा तराईका जिल्लाको मोटामा ५० प्रतिशतसम्म क्षारीयपना रहेको उनले बताए । नाइट्रोजन, प्रङ्गारिक पदार्थ र फस्फोरसको तुलनामा माटोमा अम्लीयपना १५ प्रतिशतभन्दा बढी रहेको उनको भनाइ छ ।

माटोमा अम्लीयपना बढी हुँदा बिरुवा हुर्कन पाउँदैनन् । अम्लीयपनालाई सुधार गर्न सकिने भए पनि क्षारीयलाई सुधार गर्न नसक्दा तराईमा माटोको अवस्था चिन्ताजनक रहेको उनले बताए ।

‘क्षारीय बढ्दै गएपछि खेती हुन छाड्छ । अनि किसानले जमिन बाँझै राख्छन् । यसले उत्पादन ठप्प हुन्छ,’ उनले भने ।

त्यस्तै प्रङ्गारिक पदार्थ माटोमा ५ प्रतिशत हुनुपर्नेमा १ प्रतिशत मात्र रहेको परीक्षणका क्रममा देखिएको छ । यसैगरी नाइट्रोजन पनि ५० प्रतिशत छ । ५० प्रतिशत धेरै कम रहेको उनले बताए । माटोमा फस्फोरसको अवस्था भने मध्यम रहेको उनी बताउँछन् । सिलापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *