
नेपालगन्ज : अत्यधिक सङ्क्रामक मानिने कोरोना भाइरसको डेल्टा भेरियन्ट अब बढी खतरनाक डेल्टामा परिणत भएको छ ।
बेलायतको स्वास्थ्य सङ्गठन पब्लिक हेल्थ इङ्ल्यान्ड ९पिएचई० का अनुसार भारतमा फैलिरहेको डेल्टा भेरियन्ट (बी.१।६१७.२) को ६३ जेनोममा के४१७एन उत्परिवर्तन पत्ता लागेको छ । पिएचईका अनुसार डेल्टा भेरियन्टमा हुनसक्ने परिवर्तनको नियमित जाँचको क्रममा डेल्टा वा एवाइ१ पत्ता लागेको थियो ।
कोभिड भेरियन्टमा पछिल्लो पिएचई रिपोर्टअनुसार, भारतमा ७ जुनसम्म डेल्टा भेरियन्टबाट छ जना सङ्क्रमित भएको रिपोर्ट गरिएको थियो । म्युटेसन भएको नयाँ भेरियन्टले प्रतिरक्षा प्रणालीलाई छल्नसक्ने हुनाले थप खतरनाक हुनसक्ने भन्दै वैज्ञानिकहरू चिन्तित छन् ।
दिल्लीको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिव बायोलोजीका डा. विनोद स्करिया के४१७एन उत्परिवर्तन एन्टिबडी प्रतिरोधी हो भन्ने प्रमाण आएको हुनाले चिन्ता थपिदिएको बताएका छन् । कोरोना बिरामीलाई दिइने मोनोक्लोनल एन्टिबडी ककटेल यस भेरियन्टमा प्रभावकारी नहुन सक्छ । डेल्टा ं भारतबाहेक अन्य देशबाट पनि रिपोर्ट गरिएको छ ।
जर्मनी, रसिया तथा क्यानडामा एक जना, नेपालमा दुई जना, स्विजरल्यान्डमा चार जना, पोल्यान्डमा नौ जना, जापानमा १३ जना र अमेरिकामा १४ जना डेल्टा ं भेरियन्टबाट सङ्क्रमित भएको बताइएको छ । (टाइम्स अफ इन्डिया)
